अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

पाण्डे कल्याण समाज नेपालको तेस्रो भेला सम्पन्न

 
रेडियो आँधीखोला
वालिङ, १४ पौष । 
पाण्डे कल्याण समाज नेपाल जिल्ला कार्य समिति स्याङ्जाको तेस्रो जिल्ला भेला सम्पन्न भएको छ । 
वालिङ १४ पाण्डेखोलामा सम्पन्न भेलामा भारद्धाज गोत्रीय पाण्डे बन्धुहरुको खोज अनुसन्धानकोबारेमा बृहत छलफल भएको छ । आगामी दिनमा भारद्धाज गोत्रीय पाण्डेहरुकाबारेमा लेखिएका ईतिहासकाबारेमा खोज अनुसन्धान गर्ने कार्यलाई अगाडि बढाउने निर्णय भेलाले गरेको छ । 
 
भेलामा पाण्डे कल्याण समाज नेपालका केन्द्रीय अध्यक्ष लोकराज पाण्डे, केन्द्रीय उपाध्यक्ष खगेश्वर पाण्डे, नन्दलाल पाण्डे, शालिकराम पाण्डे, मणिप्रसाद पराजुली, पिताम्बर पाण्डे, धर्मदत्त पाण्डेलगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । देवीलाल पाण्डेको अध्यक्षतामा सम्पन्न भेलामा दिवस पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन पाण्डे कल्याण समाज स्याङ्जाका सचिव श्यामप्रसाद पाण्डेले गर्नुभएको थियोे । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...