अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

दलहरु चुनावमा केन्द्रित, आज समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन

news

 

 पुष १४, फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको चुनाव नजिकिंदै गर्दा दलहरु चुनाव केन्द्रित हुन थालेका छन् । आज समानुपातिक प्रणालीतर्फको उम्मेदवारको बन्द सूची पेश गर्ने अन्तिम दिन भएकाले मुख्य दलहरु नामावली टुंग्याउने कसरतमा छन् ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार राजनीतिक दलहरुले आजसम्म आयोगमा बन्द सूची दर्ता गराइसक्नुपर्नेछ । आजसम्म बुझाइएका बन्द सूचीको भोलिदेखि २० गतेसम्म प्रारम्भिक परीक्षण हुनेछ । त्यसपछि देखिएका कमजोरी सच्याउन पुस २१ देखि २७ गतेसम्म दलहरुलाई समय दिइनेछ । सच्याइएका बन्द सूची पुस २८ देखि माघ ३ गतेसम्म पुनः परीक्षण गरिने आयोगले जनाएको छ ।

आयोगले माघ ४ गते बन्द सूची सार्वजनिक गर्ने तयारी गरेको छ भने माघ २० गते अन्तिम सूची प्रकाशन हुनेछ । हिजो तीन वटा साना दलका एक  सय ३४ जनाले सबै प्रक्रिया पूरा गरेर बन्द सूची पेश गरिसकेका छन् । ती दलले निस्सा लिएर दर्ताको प्रक्रिया पूरा गरेका हुन् । उम्मेदवारको नाम मतदाता सूचीमा छ, छैन हेरेर आयोगले निस्सा दिएपछि बन्द सूची पेश गरिएको हो । यस आधारमा नेपाल मजदुर किसान पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टीलगायतले हिजो दिउँसोसम्म बन्द सूची पेश गरेका आयोगले जनाएको छ ।

मुख्य दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, राप्रपा लगायतका दलहरुले आज बन्द सूची बुझाउँदैछन् । यसअघि एक सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको चुनावमा सहभागी हुन दल दर्ता गराएका छन् । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...