अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

दुई लाख ४८ हजार ८१६ ले मतदान गर्न पाउने

news

 
रेडियो आँधीखोला
वालिङ, १५ पौष ।
फागुन २१ गतेको सङ्घीय निर्वाचनमा स्याङ्जामा दुई लाख ४८ हजार ८१६ ले मतदान गर्न पाउने भएका छन् ।
 
निर्वाचनमा यहाँ पुरुष मतदाता एक लाख २२ हजार ४६४, महिला मतदाता एक लाख २६ हजार ३५१ र अन्य समूहका एक जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिनुभयो ।
 
२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाताको सङ्ख्या चार हजार ७२७ ले बढेको थापाले बताउनुभयो । दुई निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्र नं –१ मा एक लाख ३० हजार ८८६ र क्षेत्र नं –२ मा एक लाख १७ हजार ९३० जना मतदात रहेका छन् ।
 
क्षेत्र नं –१ मा २०७९ सालको तुलनामा तीन हजार ४७५ र क्षेत्र नं –२ मा एक हजार २५२ जनाले मतदाता बढेको थापाले बताउनुभयो । यहाँ जिल्लाभर १९९ मतदानस्थल रहेकोमा ३२२ मतदान केन्द्र रहेका छन् । गत निर्वाचनको तुलनामा यसपटक मतदान केन्द्र सङ्ख्या दुई वटाले बढेको हो । विगतमा जिल्ला कारागारमा एक अस्थायी मतदान स्थल रहने गरेकोमा यो सङ्ख्यामा सो नरहेको हो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...