समाचार
स्याङ्जाको पुतलीबजारले दियो बुधबार शोक विदा
वालिङ, १६ पौष ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाले बुधबार शोक विदा दिएको छ । नगरपालिकाको सरसफाई केन्द्रमा कार्यरत कर्मचारी गीता सुवाको निधन भएपछि नगरपालिकाले पुस १६ गते बुधबार शोक विदा दिएको हो ।
पुस १४ गते सोमबार कार्यालय समयमै कार्य गरिरहेको अवस्थामा असमायिक निधन भएपछि नगरस्तरीय निर्णयानुसार बिदा दिईएको नगर प्रमुख तुलसीराम रेग्मीले बताउनुभयो ।
सरसफाई केन्द्रमा करारमा कार्यरत सुवाको निधनको दुःखद क्षणलाई स्मरण गर्दै नगरपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु तथा शिक्षण संस्थाहरुमा शोक बिदा दिने निर्णय भएको नगर प्रमुख रेग्मीले बताउनुभयो ।
बिदाका दिनमा नगरपालिका अन्तर्गतका वडा वा स्वास्थ्य केन्द्रहरुबाट अत्यावश्यक सेवाहरु लिनुपर्ने अवस्था अएमा नगरपालिकामा सम्पर्क गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।
नगरपालिकाले कार्यरत कर्मचारीको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासमेत गरेको छ ।