समाचार
सरसफाई र गोडमेलपछि भीरकोट अस्पताल परिसर भयो चिटिक्क
वालिङ, १६ पौष ।
सरसफाई र गोडमेल गरेपछि स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर १ को हेलुमा रहेको नगर अस्पताल परिसर चिटिक्क परेको छ । लायन्स क्लव अफ भीरकोटले गर्ने बिभिन्न मानवीय, सामाजिक र बातावरणीय सरसफाई कार्यक्रम अन्तर्गत मंगलबार भएको क्लिननेस कार्यक्रमले अस्पताल परिसर चिटिक्क परेको हो ।
अस्पताल को परिसरमा क्लबले गत भदौमा रोपेको विरुवाको वरिपरि अन्य विरुवा झँँगिएको थियो भने बिभिन्न झार र घाँसले रोपेका बहुमुल्य विरुवा, फुलहरु पनि ढाकिएका थिए । विहानभर लायन्सका पदाधिकारीले घाँस काट्ने मेसिन, हँसिया, कोदालो लगायतले सरसफाई गरेपछि अहिले त्यहा सुन्दरता थपिएको छ ।
क्लवको वातावरण संरक्षण प्रोजेक्ट अन्तर्गत लगाईएको सो विरुवा अस्पताल मा आउने बिरामी तथा अन्यले पनि अवलोकन गर्ने गरी सौन्दर्यीकरण गरिएको क्लवका अध्यक्ष चिन्तामणि चापागाईले जानकारी दिनुभयो । विरुवामा सिंचाई सहित विहानभर लायनकर्मीहरुले २ घण्टा सरसफाई गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्ष लक्ष्मण अधिकारी , ढाकाराम खनाल लायन्सका पदाधिकारी लगायतको सहभागिता थियो ।