अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

१४२ औँ लेखनाथ जयन्ती एवम् तमु ल्होसारका अवसरमा कविता लेखन

news

 
रेडियो आँधीखोला
वालिङ, १७ पौष । 
१४२ औँ लेखनाथ जयन्ती एवम् तमु ल्होसारका अवसरमा भेषजराज साहित्य प्रतिष्ठानले आफ्नो मासिक नियमित रचना वाचनको ९२ औँ शृङ्खलाका साथै कविता लेखन प्रतियोगिता सम्पन्न गरेको छ ।
 
वालिङमा आयोजित कार्यक्रममा पूर्व मन्त्री एवम् पण्डित आनन्दमणि टुल्कीनन्दकला स्मृति प्रतिष्ठानका संरक्षक त्रिलोचन ढकालले स्याङ्जाको वालिङमा हुने साहित्यिक कार्यक्रममा सहभागी हरुको  बाक्लो उपस्थिति रहने गरेको कुरा व्यक्त गर्दै यसो हुनुमा यहाँका वरिष्ठ साहित्यकारहरू भेषजराज शर्मा र देवीप्रसाद वनवासीको प्रभाव रहेको उल्लेख गर्नुभयो । 
 
कार्यक्रमका पूर्व सांसद मोहन रेग्मीले प्रतिष्ठानका नायक भेषजराज शर्माको साहित्यिक, राजनैतिक र शैक्षिक व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा पण्डित आनन्दमणि टुलकीनन्दकला स्मृति सम्मान÷ पुरस्कारका लागि प्रतिभा छनोटको प्रारम्भिक कविता लेखन प्रतियोगिता समेत सम्पन्न समेत गरिएको छ ।  
 
प्रतियोगिताबाट विद्यार्थीहरू स्मृति( शशि) अर्याल र विप्लव खनाल छनोट हुनुभएको छ  ।  
२२ जना प्रतियोगि  सहभागि कविता प्रतियोगिताको निर्णायकका रूममा ध्रुवराज उपाध्याय र अनन्त अर्याल हुनुहुन्थ्यो । भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव श्यामप्रसाद ढुङ्गाना र स्वागत  सदस्य लेखनाथ काफ्लेले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...