अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

भीरकोट जेजिसको छैठौँ अधिवेसन, अध्यक्षमा विजय गुरुङ

news

 
रेडियो आँधीखोला
वालिङ, १७ पौष । 
भीरकोट जेसिजको आठौँ साधारण सभा तथा छैठौँ अधिवेसन सम्पन्न भएको छ । अभिवेसनले विजय गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जेसिजको कार्यकारिणी उपाध्यक्षमा आयुष पौडेल र विनोद अधिकारी, उपाध्यक्षमा सञ्जु केसी, प्रतिक्षा अर्याल, सुमन चापागाइँ र सम्राट अधिकारी रहनुभएको छ । त्यस्तै कोषाध्यक्षमा जगदिश अयाल र महासचिवमा मुनाल गोदारलाई भीरकोट जेसिजले मनोनित गरेको छ । 
 
कार्यक्रमको उद्दघाटनका अवसरमा वालिङ जेसिजका पुर्व अध्यक्ष यामप्रसाद अधिकारीले जसिज मानविय भावका साथ अगाडि बढेको संस्था भएको भन्दै संस्थाले धेरै युवाहरुलाई उद्यमशीलता तथा स्वरोजगारमा लाग्न प्रेरित गर्ने बताउनुभयो । भीरकोट जेसिजले पनि स्थापना कालको छोटो समयमै विभिन्न रचनात्मक तथा सामाजिक कार्य गर्दै आएको भन्दै सकरामक र रचनात्मक कार्यका लागी आफ्नो तर्फबाट संधै सहयोग रहने बताउनुभयो । 
 
कार्यक्रममा वालिङ जेसिजका पुर्व अध्यक्ष अमृत अर्याद, कृष्णप्रसाद पौडेल, मिना खांण र सुन्दर कोईराललालगायतले बोल्नुभएको थियो । कार्यक्रम वर्ष २०२५ का अध्यक्ष शिव खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन महासचिव विनोद अधिकारीले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...