अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

ढापुकमा गाँउ स्तरीय भलिबल प्रतियोगिता शुरु

news

 
रेडियो आँधीखोला,
वालिङ १८ पुस ।
जन एकता युवा परिवार भीरकोट ८ कोे आयोजनामा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । पुस १५ ल्होसारको अवसरमा आयोजित प्रतियोगिताको उद्दघाटन वडा नं. ८ का अध्यक्ष नन्दलाल खनालले गर्नुभएको हो । 
प्रतियोगिताको उद्दघाटन गर्दै वडा अध्यक्ष खनालले विभिन्न परम्परागत तथा सांस्कृतिक पर्वले सामाजिक सदभाव र एकता कायम राख्ने बताउनुभयो । जन एकता बहुउद्देश्यीय सामुदायीक भवन र लाली गुराँस आमा समूहको भवन निर्माणमा नगरपालिकाले सहयोग गरेको भन्दै आगामी दिनमा सामाजिक तथा रचनात्मक कार्यमा थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 
कार्यक्रममा भीरकोट –८ वडा सदस्य मन बहादुर एसके, नेकपा एमाले भीरकोट नगर कमिटी सह– सचिव पर्वत खम्चा मगर ,संस्था का प्रमुख सचेतक मन प्रसाद गुरुङ, पुर्व अध्यक्ष तिल बहादुर गुरुङ , पब्लिक माविका प्रअ गीता रोका, दल बहादुर गुरुङ, क्लबका पुर्व सचिव रीबन कुमार विश्वकर्मा, भीम बहादुर गुरुङ, पदम बहादुर सुनार, दहथुम प्रहरी चौकी प्रमुख मूक्त खांणलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
क्लबका अध्यक्ष विजय गुरुङ्को सभापतित्वमा  सम्पन्न कार्यक्रमको संचालन क्लवका सचिव वीर बहादुर गुरुङ र स्वागत उपाअध्यक्ष टीका गुरुङले गर्नुभएको थियो ।  १८ टिमको सहभागीता रहेको उक्त प्रतियोगतामा प्रथम हुनेले नगद ८१ ह्जार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । त्यस्तै द्वितीयले ४५ हजार शिल्ड मेडल प्रमाण पत्र, तृतियले नगद ३० हजार र सान्तवनाले नगद २० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै विधा गत उत्कृष्ट हुनेले आकर्षण पुरस्कार सहित नगद मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...