समाचार
आसन्न निर्वाचन ः स्याङ्जामा एमालेबाट २१ जनाको नाम प्रस्ताव
रेडियो आँधीखोला,
वालिङ १९ पुस ।
आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागी नेकपा एमालेले स्याङ्जाबाट २१ जनाको नाम प्रस्ताव गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा क्षेत्र नं. १ मा ६ जना र क्षेत्र नं. २ मा १५ जनाको नाम प्रस्ताव गरेको हो । नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्यव समितिले क्षेत्र नं १ को बैठकले मीन प्रसाद गुरुङ, नारायण प्रसाद मरासिनी, सीमा कुमारी क्षेत्री, कुमारी टेकु नेपाली, पिताम्बर खनाल (शुशील) र ईश्व्रर सिग्देल अर्यालको नाम सिफारिस गरेको हो ।
त्यस्तै क्षेत्र नं. २ को बैठकले डा. बुद्धिमान श्रेष्ठसहित खिम बहादुर थापा, शोभित ढकाल, दिपेन्द्र रेग्मी, मोहन रेग्मी, उदय श्रेष्ठ, महेन्द्र थापा मगर सुर्यप्रसाद गैह्रे, राम चन्द्र भट्टराई, ऋषि कंडेल, विश्वनाथ अर्याल, नाँसिर खाँ, खगिसरा थापा, भुपराज अधिकारी, किशोर विक्रम मल्लको नाम सिफारिस गरेको हो ।
यसअघि २०७९ को निर्वाचनमा स्याङ्जाको दुवै क्षैत्रमा नेपाली कांगे्रसले जितेको थियो । क्षेत्र नं. १ मा राजु थापा र २ मा धनराज गुरुङले प्रतिनिधि सभा निर्वाचनमा जित हाँसिल गर्नुभएको थियो । जेनसि आन्दोलन पश्चात संसद विघटन भएपघि वर्तमान सरकारले आगामी फाल्गुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा गरेको छ ।