अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

लोक सेवा आयोग सम्बन्धी निःशुल्क एक दिने अभिमुखीकरण

news

 
रेडियो आँधीखोला,
वालिङ १९ पुस ।
स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका –१ ले शनिबार लोक सेवा आयोग तथा शिक्षा सेवा आयोग लगायत सम्बन्धी एक दिने निःशुल्क अभिमुखीकरण कार्यक्रम गरेको छ । आर्थिक अवस्था र समयको अभावमा बजारमा पुगेर तालिम लिनबाट बन्चितलाई पालिकाले अभिमुखीकरण कार्यक्रम गरेको हो ।  
कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले क्षमता विकास गर्दछु भन्नेहरुका लागी अभिमुखीकरण कार्यक्रम गरिएको बताउनुभयो । उहाँले भावी दिनमा कसरी अगाडि बढने भन्ने अभिमुखीकरण कार्यक्रमले बाटो देखाउने र प्रेरणा दिने काम गरेको बताउनुभयो ।  यो कार्यक्रम कुशल प्रशासक मात्र नभई डाक्टर इन्जिनियर बन्ने बाटो समेत भएको उहाँको भनाई थियो । उहाँले अभिमुखीकरणलाई लोक सेवा मात्र नभई सबै प्रकृतिका उदेश्य पुर्ति गर्नमा प्रयोग गर्न आग्रह गर्नुभयो । 
कार्यक्रममा नेपाल सरकारका उपसचिव मित्र प्रसाद घिमिरेले आपूले धेरै दुख गरेर निजामती सेवा प्रवेश गरेको बताउदै सरकारी विद्यालयमा पढेको र आफ्नो टोलमा अझै मोटरबाटो नपुगेको बताउनुभयो । कार्यक्रममा पालिका उपाध्यक्ष सपना गुरुङ लगायतले मत्ब्य राख्नु भएको थियो । एक दिने अभिमुखीकरण कार्यक्रममा गाउँपालिका वडा नं–५ घर भई स्वस्थ्य मन्त्रालयमा उपसचिव मित्र प्रसाद घिमिरेले लिखित परिक्षा दिन कसरी पढ्ने र परिक्षा दिने भन्ने बिषयमा जानकारी गराउनु भएको थियो । 
यस्तै अर्जुन चौपारी गाउँपालिका वडा नं –३ घर भई स्वास्थ्य मन्त्रालयमा शाखा अधिकृत पिताम्बर रिमालले आईक्यू र गाउँपालिका पुर्व प्रशासकीय अधिकृत तथास्वास्थ्य मन्त्रालयका शाखाँ अधिकृत कौशलराज पाण्डेले समसामयीक बिषयमा कसरी परिक्षा दिनेमा सहजिकरण गर्नु भएको थियो । अभिमुखीकरणमा लोकसेवाको तालिम लिन बञ्चित कर्मचारी, आर्थिक अवस्था कमजोर भएका र विद्यार्थीहरु गरी १५० जनोका सहभागिता रहेको थियो । 
 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...