समाचार
महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको १६औँ साधारण सभा
रेडियो आँधीखोला,
वालिङ १९ पुस ।
महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वालिङ ८ डुम्रीकोटको १६औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गर्दै संस्थाका निर्वतमान अध्यक्ष बुद्धिसागर सुवेदीले सहकारी आफ्नो निति र सिद्धान्तका साथ अगाडि बढेको भन्दै संस्थाका सदस्यहरुको आर्थिक अवस्थालाई माथि उकास्न सहकारीले महत्वपुर्ण भुमिका खेल्दै आएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तेजप्रसाद तिवारी, उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यमकान्त खनाल, पुर्णामृत भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपक लम्साल, संस्थाका पुर्व सल्लाहकार देविप्रसाद बगाले, चुत्रप्रसाद सुवेदी, लेखा तथा सुपरिवेक्षण समिति संयोजक प्रदिप बगाले, सदस्य कृष्णप्रसाद पाठक, शिक्षा उपसमिति संयोजक चेतकान्त बगाले, पुरुष सेयर सदस्यहरुको तर्फबाट सोमन्तप्रसाद खनाल, महिला सेयर सदस्यहरुको तर्फबाट सिताकुमारी तिवारीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम अध्यक्ष टिकाराम तिवारीको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष दयाप्रसाद कंडेल, संचालन सचिव तोलाकान्त बगाले र धन्यवाद सदस्य कल्पना पौडेल अर्यालले गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ठ बचतकर्ता विष्णुप्रसाद कंडेल र भीमकला बगाले, नियमति बचतकर्ता एकनारायण बगाले र मीनाकुमारी सुवेदी पुरस्कृत हुनुभएको छ ।