अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

सिर्जनशील सिकाइ केन्द्रद्वारा विद्यार्थीलाई झोला वितरण

news

 
रेडियो आँधीखोला
वालिङ, २१ पौष । 
सिर्जनशील सिकाइ केन्द्र चापाकोट–१, स्याङ्जाले विद्यार्थीलाई झोला वितरण गरेको छ । केन्द्रले चापाकोट नगरपालिका १ मा रहेको भानु माध्यमिक विद्यालय र रोग्दीठाटी आधारभूत विद्यालयमा बालविकासदेखि कक्षा ३ सम्म अध्ययनरत ४९ जना विद्यार्थीलाई झोला वितरण गरेको हो ।
कार्यक्रममा चापाकोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख इन्दु भेटवालले यस प्रकारका कार्यक्रमले विद्यार्थीलाई अध्ययनमा थप प्रेरणा मिल्ने बताउनुभयो । कार्यक्रममा नगर शिक्षा समिति सदस्य एवम् भानु मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद भण्डारी, रोग्दीठाटी आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद भण्डारी, वडा नंं. १ का वडा सचिव विशाल कोइराला तथा भानु माविका प्रधानाध्यापक बिनु प्रसाद पराजुलीलगायतले मन्तव्य राख्नुभएको थियो ।
केन्द्रका अध्यक्ष दयाराम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्वती न्यौपानेले स्वागत र सञ्चालन शिक्षक बालकृष्ण ज्ञवालीले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...