अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

सुन्तला कृषक र मुक्तिनाथ कृषि कम्पनीबीच अन्तरक्रिया

 
रेडियो आँधीखोला
वालिङ, २१ पौष । 
स्याङ्जाको वालिङमा सुन्तला कृषकहरुसँग सुन्तला भण्डारण पूर्वको व्यवस्थापन तथा प्रविधि हस्तान्तरणका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । ‘गाउँको उत्पादन शहरमा, शहरको पूँजी गाउँमा’ भन्ने नारालाई कार्यान्वयन गर्दै अगाडि बढेको मुक्तिनाथ कृषि कम्पनीको आयोजना तथा प्राविधिक सहयोग र वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापनमा आईतबार वालिङमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
 
वालिङ क्षेत्र आसपासका व्यावसायिकरुपमा सुन्तला खेती गर्दै आएका कृषकहरुले सुन्तला भण्डारणपूर्व आईपर्ने समस्या, त्यसको व्यवस्थापनका विषयमा जानकारी दिंदै आम्दानी वृद्धि गर्नमा सघाउ पु¥याउने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
 
कार्यक्रममा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड गण्डकी प्रदेश संयोजक नगेन्द्रराज पौडेलले सुन्तला उत्पादक कृषकहरुले सुन्तलाको भण्डारणपूर्व अपनाउनुपर्ने सावधानी, रोग कीरा नियन्त्रण, उपचार विधि, सुन्तला टिप्दा ध्यान दिनुपर्ने कुराहरुकाबारेमा सचेत गराएर लामो समयसम्म टिकाउन र आम्दानी वृद्धिकालागि सहयोग पु¥याउने बताउनुभयो ।
 
कार्यक्रममा मुक्तिनाथ विकास बैंक लिमिटेड वालिङका प्रमुख नवीन काफ्ले, प्रशिक्षक कृषि प्राविधिक मदन कडेल, सुन्तला उत्पादक कृषक हुमनाथ लामिछाने, कमल गुरुङलगायतले सिकेका सीपलाई आ–आफ्नो बगैंँचामा प्रयोग गर्नेमा जोड दिनुभएको थियो ।
 
वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लेप्टेन यामबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सञ्चालक समिति सदस्य भोजराज गुरुङले र सञ्चालन सचिव भुपराज बगालेले गर्नुभएको थियो । तालिममा वालिङ आसपासमा व्यावसायिकरुपमा सुन्तला उत्पादन गर्दै आएका ४० जना कृषकहरुको सहभागिता रहेको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...