अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Nepal Khabar

समाचार

पालिकास्तरीय टि – २० क्रिकेट प्रतियोगिता

news

 
रेडियो आँधीखोला
वालिङ, २२ पौष । 
खुमा अर्याल फाउण्डेशनले स्याङ्जाको पुतलीबजारमा पालिकास्तरीय टि – २० क्रिकेट प्रतियोगिता गर्ने भएको छ । खुमा अर्याल फाउण्डेशनको आयोजना तथा पुतलीबजार नगरपालिकाको सहआयोजना र स्याङ्जा जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग तथा खेलकुद विकास समिति स्याङ्जाको परामर्शमा माघ २ देखि १० गतेसम्म प्रथम जिल्लास्तरीय अन्तरपालिका क्रिकेट लिग प्रतियोगिता गर्न लागेको हो ।
 
पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा खुमा अर्याल कप टी – २० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिता २०८२ गरिएको भएको फाउण्डेशनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिनुभयो । अध्यक्ष शर्माका अनुसार पुस २९ भित्र खेलाडीका समूह दर्ता गरिसक्नुपर्नेछ र पुस ३० मा टाइसिट प्रकाशन गरिनेछ ।
 
प्रथम पुरस्कार २ लाख नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र, द्वितीय पुरस्कार १ लाख ५० हजारसहित ट्रफी मेडल तथा प्रमाणपत्र, तृतीय पुरस्कार १ लाख नगदसहित ट्रफी मेडल तथा प्रमाणपत्र उपलब्ध गराइने भएको छ ।
सान्त्वना लागि नगद ५० हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्र र उत्कृष्ट टुर्नामेन्टको उपाधीसहित जनही १० हजार उपलब्ध गराइने फाउण्डेशनका सचिव धु्रब शर्माले बताउनुभयो ।
प्रत्येक समुहमा १९ वर्ष मुनीका २ जना र १६ वर्ष मुनीका एक जना खेलाडी अनिवार्य सहभागी गराउनुपर्ने आयोजकले जनाएको छ । नौ दिनसम्म सञ्चालन गरिने प्रतियोगितामा ६४ लाख ९ हजार ७ सय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...