अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

स्याङ्जामा एकै वडाबाट तीन जना समानुपातिक सूचीमा

 
रेडियो आँधीखोला
वालिङ, २२ पौष । 
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि स्याङ्जाको एकै वडामा तीन जना समानुपातिक सूचीमा परेका छन् । जिल्ला भित्रै विभिन्न पार्टीबाट सात जनाको सिफारिस हुँदा यहाँ एकै वडाका तीन जना परेका हुन् ।
 
यहाँको अर्जुन चौपारी गाउँपालिका वडा नं –६ मा एमालेबाट रामबहादुर थापा, रास्वपाबाट विश्व गुरुङ र राप्रपाबाट तोरणबहादुर गुरुङलाई पार्टीले सिफारिस गरेको हो । तीनै जना जनजाती कोटाबाट सिफारिस हुनु भएको हो ।
 
यस्तै एमाले केन्द्रीय सचिव पदमा अर्याल (खस आर्य), नेपाली कांग्रेसबाट माया राना (महिला), नेपाली कम्युनिष्ट पार्टीबाट ताज मोहम्मद मियाँ (मुस्लिम) र राप्रपाबाट मदनबहादुर कार्की (खस आर्य) बाट सिफारिस हुनुभएको हो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...