अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

तेस्रो चापाकोट मेलाको उद्घाटन गण्डकी प्रदेशका अर्थमन्त्री गुरुङले गर्ने

news

 
वालिङ, २३ पौष । 
तेस्रो चापाकोट कृषि तथा औद्योगिक मेलाको उद्घाटन गण्डकी प्रदेश सरकारका अर्थमन्त्री डा. टकराज गुरुङले गर्ने हुनुभएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–९ स्थित गंगालाल माध्यमिक विद्यालयको खेल मैदानमा पुस २५ गतेदेखि हुन गइरहेको मेलाको उद्घाटन गण्डकी प्रदेश सरकारका अर्थमन्त्री गुरुङले गर्ने चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल रानाले जानकारी दिनुभयो ।
चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा पुस २५ गतेदेखि सुरु हुन गइरहेको मेलाको तयारी अहिले तीब्र पारिएको छ । मेलामा कृषि तथा स्थानीय उत्पादनको प्रवद्र्धन, बाल उद्यान, शैक्षिक प्रदर्शनी, खाना–खाजा, लत्ताकपडा, तथा भाडाकुडा सम्बन्धी स्टलहरू रहने आयोजकले जनाएको छ।
मेलालाई थप आकर्षक बनाउन लन्डन ब्रिज, आइफिल वर, प्याराग्लाइडिङ, र्यापटिङ, हेलिकप्टरद्वारा सुन्दर तथा मनोरम दृश्य अवलोकन विशेष आकर्षक रहने चापाकोट उद्योग वाणिज्य संघका सचिव शिव श्रेष्ठले जानकारी दिनुभयो।
करिब १५० वटा स्टल रहने मेलामा देश तथा विदेशमा चर्चित कलाकारहरूको प्रस्तुति समेत रहनेछ। मेलाबाट करिब १ करोड रुपैयाँको कारोबार हुने र ३० लाख रुपैयाँ आम्दानी हुने लक्ष्य आयोजकले राखेको छ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...