अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Songs & Add

समाचार

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

news

 

पुष २४, फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि निर्वाचन प्रहरीको भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जनाको लागि भर्ना खुलाएको हो ।

निर्वाचन प्रहरीमा भर्ना हुनका लागि भोलिदेखि माघ १ गतेसम्म आवेदन दिन सकिनेछ । १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा नियुक्त भएर खटिएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले प्राथमिकता पाउनेछन् ।

फौजदारी कसुरमा सजाय पाई नैतिक पतन नभएको तथा कुनै राजनीतिक दलको सदस्य नरहेको मापदण्ड तोकिएको छ ।

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...