अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

प्याब्सन स्याङ्जाको ३५औं स्थापना दिवस मनाईयो

news

 
रेडियो आँधीखोला
वालिङ, २५ पौष । 
प्याब्सन स्याङ्जाको ३५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । यस अन्र्तगत बिहीबार अर्जुनचौपारी गाउँपालिकामा रहेको अर्जुनचौपारि चिल्ड्रेन एकेडेमी विद्यालयको हलमा स्थापना दिवसका अवसरमा पूर्ण बैठक एवम् जिल्ला भेला सम्पन्न भएको छ ।  
प्याब्सन स्याङ्जाको आयोजनामा भएको कार्यक्रममा बोल्नुहुँदै प्याब्सन केन्द्रीय प्राग्य सल्लाहकार बुद्धि सागर त्रिपाठीले वर्तमान शिक्षा प्रणालीमा समयानुकूल सुधारको आवश्यकता रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूको जग बलियो बनाउन निजी विद्यालयहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै गुणस्तरीय र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने भन्दै प्याब्सनले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा प्याब्सन केन्द्रिय सदस्य होमकान्त गौतम, प्याब्सन गण्डकी प्रदेश उपाध्यक्ष लक्ष्मी प्रसाद बराल, प्याब्सन स्याङ्जाका प्रमुख सल्लाहकार मेघराज गैह्रे लगायतले बोल्नुभएको थियो ।
त्यसैगरी, प्याब्सन स्याङ्जाका बरिस्ठ  उपाध्यक्ष याम प्रसाद डुम्रे ’अमृत’ ले स्वागत मन्तव्य संगैै संस्थाको इतिहास र उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । 
कार्यक्रमम प्याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र बहादुर गोदारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्याब्सन स्याङ्जाका सचिव हरि प्रसाद अर्यालले गर्नुभएको थियो । कार्यक्रमको समापन गर्दै प्याब्सन स्याङ्जाका उपाध्यक्ष तेजन रानाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । प्याब्सन स्याङ्जाको ३५औं प्याब्सन दिवसका अवसरमा आयोजित कार्यक्रममा शिक्षा क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
 

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...