अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

रेडियो स्याङ्जाका नवनिवार्चित समितिद्धारा पदभार तथा सपथग्रहण

news

 
रेडियो आँधीखोला
वालिङ, २५ पौष । 
लक्ष्मी स्मृती सामुदायीक पुस्तकालयद्धारा संचालित रेडियो स्याङजा तथा स्याङजा टेलिभिजनका नवनिर्वाचित कार्यसमितिले एक कार्यक्रमका विच पदभार तथा सपथग्रहण गरेको छ । संस्थाको कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजक दुर्गा नारायण ढकालले सपथ ग्रहण गराउनुभएको हो । 
कार्यक्रममा पूर्व साम्सद नारायण प्रसाद मरासीनीले संचारमाध्याम समयानुकुल परिमार्जीत भएर संचालन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संस्थालाई सफल बनाउन आइडोलोजी र टेक्नोलोजीलाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस स्याङजाका प्रतिनिधी सुरजकुमार अधिकारी, नेकपा एमालेका उपाध्यक्ष महेश पुरी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बेदप्रसाद दोरंगा, पुतलीबजार नगरपालिका निर्वतमान नगरप्रमुख सिमाकुमारी क्षेत्री र पत्रकार तथा नागरीक समाजाका अध्यक्ष ओमप्रकाश शर्मा लगाएतले सफलताको शुभकामना मन्तव्य राखेका थिए । 
निर्वाचन मण्डलका संयोजक दुर्गानारायण ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रमुख व्यवस्थापक रमेश गोदारले गर्नुभएको थियो भने स्वागत मन्तव्य र धन्यवाद मन्तव्य क्रमशः अधिवक्ता टंकप्रसाद न्यौपाने र निर्वतमान अध्यक्ष धु्रवबन्धु पौडेलले राख्नुभएको थियो । सोही कार्यक्रममा नवनिर्वाचीत अध्यक्ष अमृत प्रसाद श्रेष्ठले संस्थालाई सबैको सल्लाहअनुसार अगाडी बढाउने प्रतिवद्धता जनाउनुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...