अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रास्वपाको रोक

news

 

 पुष २५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार बन्न इच्छुकहरूलाई सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा तथा प्रचारप्रसार गर्न रोक लगाएको छ ।

रास्वपाको उम्मेदवार छनोट सिफारिस उपसमितिले हिजो आचारसंहिता पालनासम्बन्धी सूचना निकाल्दै यसअघि सामाजिक सञ्जालमा राखिएका प्रचारप्रसारका सामग्रीसमेत हटाउन निर्देशन दिएको हो ।

पार्टीले प्राइमरी चुनावमा सहभागी हुन चाहनेका हकमा भने प्राइमरी निर्वाचनसम्बन्धी सूचना प्रकाशित भएपछि मात्र पार्टीको निर्वाचन आचारसंहिता अनुरूप भद्र, मर्यादित र सीमित तरिकाबाट प्रचारप्रसार गर्न सकिने जनाएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...