अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

वालिङमा सौन्दर्य सम्बन्धी सेमिनार तथा एडभान्स तालिम शुरु

news

रेडियो आँधीखोला,
वालिङ २६ पुस ।
वालिङमा सौन्दर्य सम्बन्धी सेमिनार तथा एडभान्स तालिमको सुभारम्भ गरिएको छ । व्युटिपार्लर एशोसियसन स्याङ्जाको आयोजनामा तालिमको सुभारम्भ गरिएको हो । एक दिने सेमिनार कार्यक्रमको लागी सिएसए इनोभेसन टे«निङ सेन्टर बाग्लुङले सहयोग गरेको छ । तालिमको सुभारम्भ व्युटिपार्लर एशोसियसन स्याङ्जाका संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार दुर्गा थापाले गर्नुभएको हो । तालिमको समुद्घाटन गर्दै संस्थापक अध्यक्ष थापाले प्रतिष्पर्धात्मक बजारमा विभिन्न कम्पनीका सौन्र्दय उत्पादनहरु आईरहेको भन्दै सहि उत्पादन राजेर सेवाग्राहीलाई सेवा दिनुपर्ने बताउनुभयो । सौन्दर्यकला व्यवसायले सौन्दर्यताको अभिवृद्धिसंगै महिला दिदिबहिनीहरुलाई आर्थिक रुपमा सबल बनाएको भन्दै सौन्दर्यकमीहरुको हकहितका लागी आँफू सँधै तत्पर र प्रतिवद्ध रहेको बताउनुभयो । 
 
कार्यक्रममा सिएसए ईनोभेसन टे«निङ सेन्टर सिईओ शुक्रबहादर लामाले इनोभेसनले गरेका सौन्दर्य सम्बन्धी उत्पादनहरुका विषयमा जानकारी गराउँदै नेपालमै पहिलो पटक स्याङ्जाको वालिङमा यो उत्पादनको लन्च गरिएको बताउनुभयो । कार्यक्रममा व्युटिपार्लर एशोसियसन स्याङ्जाका प्रेस सल्लाहकार कला रानाले सिपले नै व्यक्तिलाई सक्षम बनाउने भन्दै सौन्दर्यकला व्यवसाय पनि महिलाहरुको सबलीकरणमा एक महत्वपुर्ण क्षेत्र बनेको बताउनुभयो । 
 
कार्यक्रममा व्युटिपार्लर एशोसियसन स्याङ्जाका अध्यक्ष पमिला गुरुङले एशोसियसनले विभिन्न ब्राण्डहरुसंग सहकार्य गर्दै व्युुटिसियनहरुको सिप वृद्धि विकासका लागी सेमिनारलगायतका कार्यक्रम गर्दै आएको बताउनुभयो । कार्यक्रम अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सदस्य मन्ज भण्डारी  र संचालन सचिव नविना गुरुङले गर्नुभएको थियो । ५ दिने एडभान्स तालिममा चन्द्रकला छन्त्याल लामा र सोनिया वालेम राईले सहजीकरण गर्नुहुनेछ भने तालिममा २० जनाको सहभागिता रहेको छ ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...