समाचार
सेवा निवृत्त शिक्षक मञ्च भीरकोटको प्रथम साधारण सभा तथा अधिवेसन
रेडियो आँधीखोला,
वालिङ २६ पुस ।
सेवा निवृत्त शिक्षक मञ्च भीरकोटको प्रथम साधारण सभा तथा अधिवेसन शनिबार सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेसनको उद्दघाटन गर्दै भीरकोट नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल खनालले सेवा निवृत्त शिक्षक मञ्च प्राज्ञिकहरुको मञ्च भएको भन्दै भीरकोट नगरपालिकालाई समृद्ध बनाउनका लागी निवृत्त शिक्षकहरुको सुझाव र सल्लाह अनुसार नगर अगाडि बढ्ने बताउनुभयो । नगरको आर्थिक, सामाजिक विकासका लागी मञ्चसंगै हातेमालो गर्दै नगरपालिका अगाडि बढ्ने बताउँदै सामाजिक तथा रचनात्मक संघसंस्थाहरुसंग नगरपालिका सँधै साथमा रहने बताउनुभयो ।
अधिवेसनले जगनाथ अर्यालको अध्यक्षतामा १५ सदस्यीय समिति निर्वाचित गरेको छ । उपाध्यक्षमा बसुन्धरा खनाल, सचिवमा डोलराज ढंगाना, सचिवमा कृष्णप्रसाद श्रेष्ठ, सहसचिवमा रमेश पौडेल रहनुभएको छ भने अन्य सदस्यहरु रहनुभएको छ । कार्यक्रममा तदर्थ समितिका संयोजक खेम केसीले मञ्चको विषयमा जानकारी गराउनुभएको थियो भने कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन र सचिव डोलराज ढुंगानाले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।