अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

लागुऔषध तथा कुलतको अन्त्यको लागि सचेतना

news

 
रेडियो आँधीखोला
वालिङ, २७ पौष । 
एकीकृत सेवा कार्यालय स्याङजाको आयोजना र जिल्ला प्रहरी कार्यालय, जीवन वाटिका नेपाल र पुतलीबजार नगरपालिका १० को संयुक्त सहकार्यमा लागुऔषध तथा कुलतको अन्त्यको लागि सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले लागुऔषधको प्रयोग कानुन वितरीत रहेको बताउदै त्यसबाट टाढा रहनुपर्ने बताउनुभयो । उहाँले लागुऔषध तथा कुलतबाट धेरैको घरपरिवार विग्रिएको बताउदै स्वास्थ्य, समय र पैसाको समेत खेर गएको हुदाँ बेलैमा सचेत हुनुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक दधिराम न्यौपाने, एकीकृत सेवा कार्यालय स्याङजाका सहायक प्रशासकीय अधिकृत दोण प्रसाद पनेरु, स्वास्थ्य केन्द्रका नारायण बन्धु अर्याल र बरजा युवा क्लबका अध्यक्ष असिम थापा सन्जु लगाएतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जीवन वाटिका नेपालका संस्थापक अध्यक्ष नविन अर्याल र प्रहरी सहायक निरीक्षक आशिष श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । 
पुतलीबजार नगरपालिका १० का अध्यक्ष अग्नी प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन चक्रकमला नि.मा.वि.का प्रअ शिव प्रसाद पौडेलले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...