समाचार
रुपन्देहीको तिलोत्तमा नगरपालिका र भीरकोट नगरपालिकाबीच असल अभ्यासको साटासाट
रेडियो आँधीखोला
वालिङ, २७ पौष ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका र भीरकोट नगरपालिकाले बालमैत्रि सम्बन्धमा असल अभ्यासको साटासाट गरेका छन् । तिलोत्तमा नगरपालिकाको टोलीले यहाँका बालमैत्रि भीरकोट नगरपालिकाले अबलम्बन गरेका असल अभ्यासका बारेमा जानकारी लिएको हो ।
कार्यक्रममा तिलोत्तमा नगरका बाल संजाल, जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो भने भीरकोटका बाल संजाल बालमैत्रि सहजकर्ता, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल खनालले भीरकोटको हरेक कार्यमा बालसहभागिता सुनिश्चित गरिएको भन्दै घर, विद्यालय र सार्वजानिक स्थलहरुमा बालमैत्रि वातावरण सृजना गरिएको बताउनुभयो ।