अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

बालसिद्ध मावि केवरेको स्वर्ण महोत्सवको तेस्रो दिन स्र्वण स्तम्भ अनावरण तथा उद्दघाटन

 
वालिङ, २८ पौष । 
स्याङ्जाको वालिङ नगरपालिका ७ केवरे भन्ज्याङमा रहेको बालसिद्ध माविको स्र्वण महोत्सवको उद्दघाटन गरिएको छ । विद्यालय स्थापनाको ५० औँ वर्ष पार गरेको अवसरमा पुस २५ देखि विविध कार्यक्रमका साथ शुरु भएको स्वर्ण महोत्सवको आईतबार गण्डकी प्रदेशका पुर्व सांसद भागवतप्रकाश मल्लले उद्दघाटन गर्नुभएको हो । 
स्र्वण महोत्सवको उद्दघाटन गर्दै नेता मल्लले बोलेर भन्दा आँफू काम गर्ने सिद्धान्तमा मान्यता राख्ने व्यक्ति भएको भन्दै यो क्षेत्रको विकासका लागी सँधै तत्पर र प्रतिवद्ध रहेको बताउनुभयो । साथै मल्लले आफ्ना स्व. बुवाको स्मृतिमा बालसिद्ध माविमा १ लाख ५० हजारको अक्षयकोषको स्थापना गर्ने घोषणा गर्नुभएको छ । कार्यक्रममा भीरकोट नगरपालिका वडा नं. ८ का अध्यक्ष नन्दलाल खनाल, पुर्व शिक्षक भोजराज गुरुङ, दिपक रेग्मीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा पुर्व सांसद मल्लले विद्यालयको स्र्वण स्तम्भ समेत अनावरण गर्नुभएको छ । आईतबारको कार्यक्रममा सहयोगी दाताहरुलाई सम्मान र विद्यालयको प्रतिवेदन प्रस्तुत गरिएको थियो । 
विद्यालयले स्र्वण महोत्सवको अवसरमा पुस २५ गते अन्तर विद्यालय स्तरिय बौद्धिक तथा खेदकुद कार्यक्रम, २६ गते नगर स्तरिय अन्तर विद्यालयस्तरीय वक्तित्वकला प्रतियोगीता सम्पन्न गरेको छ । भने आईतबार २७ गते उद्घाटन समारोह कार्यक्रम सहित लोक संस्कृति तथा स्थानीय झाँकी प्रदर्शनी सहयोगीदाता सम्मान गरिएको थियो । आईतबारको कार्यक्रममा कलाकारहरु लक्ष्मण खांण र घनश्याम रिजालले आफ्ना प्रस्तुति राख्नुभएको थियो । त्यस्तै भोली २८ गते पूर्व शिक्षक तथा विद्यार्थी पुनर्मिलन, शैक्षिक अन्तत्र्रिmया, पुरस्कार तथा छात्रवृत्ति वितरण, सहयोगदाता सम्मान तथा २९ गते समापन समारोह रहने विद्यालयका सूचना अधिकारी तथा सहायक प्रधानाध्यापक रेशम रेग्मीले जानकारी दिनुभयो । कार्यक्रम स्र्वण महोत्सव मुल समारोहका संयोजक लक्ष्मीकान्त रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत प्रधानाध्यापक ताराप्रसाद रेग्मी र संचालन सहायक प्रअ रेशम रेग्मीले गर्नुभएको थियो । 
विशेषत प्रविधिमैत्री स्मार्ट कक्षा सञ्चालन, शिक्षकहरूको क्षमता विकास तालिम, विद्यार्थी छात्रवृत्ति एवं शैक्षिक सामग्री व्यवस्थापनका लागि अक्षयकोष स्थापना लगायतका उद्देश्य सहित आर्थिक सहयोग जुटाउने र दाताहरुबाट प्राप्त हुने सहयोगलाई विद्यालयको वृहत्तर हितमा प्रयोग गरि शैक्षिक गुणस्तर वृद्धिमा विशेष जोड दिने विद्यालयका प्रधानाध्यापक तारा प्रसाद रेग्मीले बताउनुभयो । 
विस २०१५ मा जनहित प्रावि, २०२८ मा निमावि हुदै विस २०३२ मा बालसिद्ध मावि स्थापनाको ५० औं बसन्तको यात्रा पूरा गरेको विद्यालयमा नेपाली–अंग्रेजी माध्यम गरी नर्सरीदेखि कक्षा १२ सम्मको पठनपाठन हुदै आएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...