अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

आँधीखोलामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

news

 
रेडियो आँधीखोला
वालिङ, २९ पौष । 
स्याङ्जाको आँधीखोला गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड–२०८२ खेलकुद प्रतियोगिता सोमबारबाट सुरु भएको छ ।  वडा नं.–६ शिम्ले खेलमैदानमा गरिएको प्रतियोगितामा गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति सुधिर कुमार पौडेलले ठुला देशहरु हतियारले परिचित हुदा साना देशहरु खेलकुदले भएको बताउनुभयो । राज्यले खेलकुदको क्षेत्रमा लगानी गरे राम्रो हुने बताउदै पौडेलले यो प्रतियोगिताले राम्रा खेलाडी उत्पादन गर्ने बताउनुभयो । 
कार्यक्रममा पालिका अध्यक्ष विश्वनाथ पौडेल, उपाध्यक्ष सीता थापा, प्रद्युम्नन पनेरु माविका प्रधानाध्यापक दिप्ती नारायण पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो । प्रतियोगितामा भलिबल, कबड्डी, लङजम्प, हाइजम्प, त्रिपल जम्प, एथलेटिक्स लगायतका खेलकुल हुने छन् ।  पुस ३० गते सम्म सञ्चालन हुने प्रतियोगितामा ३० स्वर्ण, ३० रजत र ३० कास्यमा प्रतिस्पर्धा हुने छ । १९ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा नौ सय विद्यार्थी सहभागिता रहने गाउँपालिकाले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...