समाचार
फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङको १२औँ साधारण सभा
रेडियो आँधीखोला
वालिङ, ३० पौष ।
फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङको १२औँ साधारण सभा सम्पन्न भएको छ साधारण सभाको उद्दघाटन गर्दै नगरप्रमुख कृष्ण खांणले देशभरी देखिएको सहकारी संकट वालिङको सहकारीमा देखिएको भन्दै यो संकटको मोचन गर्नका लागी नगरपालिका अगाडि बढ्ने बताउनुभयो । सहकारीमा कहाँ कुन पक्षबाट समस्या देखिएको हो त्यस्ता समस्यलाई सुक्ष्म तरिकाले हरेर नगरपालिका अब अगाडि बढ्ने भन्दै सहकारी नियमन गर्ने विषयमा नगरपालिकाले कुनै सम्झौता नगर्ने प्रमुख खांणले बताउनुभयो ।
२०६९ सालमा १५ लाख ७५ हजारको सेयर पँुजीबाट शुरु भएको सहकारीमा हाल १ हजार ४४२ सेयर सदस्य र २ करोड ६४ लाख ८० हजार सेयर पुँजी संकलन भएको छ । सहकारीको २५ करोड ९८ लाख ८८ हजार ७०८ निक्षेप रहेको छ भने २८ करोड २६ लाख ७१ हजार ४८७ रुपैँया कर्जा लगानी गरेको संस्थाका अध्यक्ष शोभाकान्त पौडेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ । संस्थाले सेयर सदस्यहरुको सामुहिक लगानीमा कुनै उद्योग, व्यवसाय, कृषि पेशा गर्न चाहेमा त्यस्ता लगानीलाई प्राथामिकता दिने बताउनुभयो ।। सेयर सदस्यहरुको शसक्तिकरणका लागी तालिम तथा प्रशिक्षणको आयोजना गर्दै रेमिटान्सको कारोबारलाई अझ व्यापक बनाउनका लागी थप रमिटान्स कम्पनीहरुसंग सम्झौता गर्ने समेत सहकारीले जनाएको छ ।