अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Songs & Add

समाचार

‘प्रथम खुमा अर्याल कप’ टी–२० क्रिकेट लिग हुँदै

news

 
रेडियो आँधीखोला
वालिङ, १ माघ । 
स्याङ्जामा प्रथम खुमा अर्याल कप २०८२ अन्तरपालिका स्तरीय टी–२० क्रिकेट लिग (रनिङ शिल्ड) आयोजना हुने भएको छ । खुमा अर्याल फाउण्डेसनको आयोजनामा पुतलीबजार नगरपालिकाको सह–आयोजना तथा जिल्ला क्रिकेट संघ स्याङ्जाको प्राविधिक सहयोगमा प्रतियोगिता माघ २ देखि १४ गतेसम्म सदरमुकाम पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेलमैदानमा हुने भएको हो । खेलको तयारीका विषयमा जानकारी दिने उद्देश्यले हिजो स्याङ्जामा आयोजित पत्रकार सम्मेलनमा ११ वटै पालिकाको जर्सी, खुमा अर्याल फाउण्डेसनको गित र त्रिकेट प्रतियोगिताको ट्राई सिट सार्वजानिक समेत गरिएको छ ।
पmाउण्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगार, विपद व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक परम्परा संक्षरण जस्ता मानविय सहयोग गर्दै आएको छ । आईसिसि महिला अण्डर नाईन्टीन विश्वकप प्रतियोगितामा नेपालकै नाम उच्च बनाउने स्याङ्जाका ३ जना क्रिकेट महिला खेलाडिहरुलाई १÷१ लाख नगद सहित सम्मान गर्दै परिवार र प्रशिक्षकलाई समेत फाउण्डेसनले सम्मान गरेको थियो । 
स्याङ्जाका युवा खेलाडिहरुमा खेलप्रति देखिएको चासोलाई समेत आत्मसाथ गर्दै खेलाडि उत्पादन गर्दै खेलाडिहरुको मनोबल उच्च बनाउने उद्देश्यले क्रिकेट प्रतियोगिताको आयोजना गरिएको फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताउनुभयो । कार्यक्रममा पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले फाउण्डेसनले जिल्लाका विभिन्न क्षेत्रमा निकै सकरात्मक कार्य गर्दै आएको भन्दै खेल क्षेत्रमा फाउण्डेसनले गरेको यो लगानीले खेलाडि तथा समग्र खेल क्षेत्रको प्रर्वद्धन हुने बताउनुभयो । ६४ लाख ९ हजार ७०० रुप्ैाँया खर्च हुने प्रतियोगितामा विदेशी खेलाडिहरु समेत सहभागि हुनेछन् । 
यसपालि जिल्लाभर छरिएर रहेका खेलाडिलाई एउटै मञ्चमा ल्याउने लक्ष्यका साथ अन्तरपालिका टी–२० डिउज बल प्रतियोगिता आयोजना गरिएको फाउण्डेसनले जनाएको छ । 
प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ नगदसहित बहुमूल्य रत्न, सुन तथा चाँदी जडित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख ५० हजार रुपैयाँ, तृतीय स्थान हासिल गर्ने टिमले एक लाख र सान्त्वना स्थानले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । लगातार तीन वर्ष विजेता हुने पालिकाले मात्र रनिङ शिल्ड हात पार्नेछ ।
यस्तै, प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई पाँच हजार रुपैयाँ र प्रतियोगिताभरका विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने फाउण्डेसनले जनाएको छ । प्रत्येक खेलको अन्तिममा दर्शक तथा आफ्नो टिमको समर्थकको लागि ‘फ्यान अफ द म्याच’ जस्ता विधामा पनि पुरस्कारको व्यवस्था गरिएको छ । 
कार्यक्रममा पत्रकार महासंघ स्याङ्जाका वरिष्ठ उपाध्यक्ष माधव गैह्रले फाउण्डसनले खेल क्षेत्रको विकासका लागी गरेको प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रम अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा खेलकुद विभाग प्रमुख सागर पौडेलले कार्यक्रमको प्रेस वक्तव्य प्रस्तुत गर्नुभएको थियो । क्यानका अध्यक्ष दिवाकर थापाले प्रतियोगिताको प्राविधिक विषयमा जानकारी गराउनुभएको थियो भने कार्यक्रमको संचालन धु्रर्व शर्माले गर्नुभएको थियो । कार्यक्रममा सार्वजानिक गरिएको गीत फाउण्डेसनका संरक्षक डा. लुना शर्माले रचना गर्नुभएको हो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...