अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

कांग्रेसका देउवा पक्षको आह्वानमा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

news

 

माघ ३, कांग्रेसका शेरबहादुर देउवा पक्षको आह्वानमा केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा अहिले बिहान पार्टी कार्यालय सानेपा ललितपुरमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सबै ७ प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले हिजो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएको छ । पार्टीको आधिकारिकतासम्बन्धी आयोगको निर्णयलाई देउवा पक्षले अस्वीकार गरेको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...