समाचार
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट ः शनिबार दुई खेल सम्पन्न
रेडियो आँधीखोला
वालिङ, ४ माघ ।
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेटमा शनिबार दुई खेल सम्पन्न भएको छ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा अर्याल फाउन्डेसन स्याङ्जाले आयोजना गरेको प्रतियोगितामा पहिलो खेल समूह सीको भीरकोट र आँधीखालाबिच भएको थियो । खेलमा आँधीखोलाले २० ओभरमा १५७ रन बनाउन सफल हुँदा ७ विकेट गुमाएको थियो ।
खेलमा आँधीखोलले ५ रन जोड्दै विजयी भएको हो । भीरकोट नगरपालिकाले १५२ रन बनाउदा ८ विकेट गुमाएको थियो । त्यस्तै दोस्रो खेलमा वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकाबीच भएको थियो । दोस्रो खेलमा वालिङ नगरपालिकाले १३८ रन बनाउँदा ९ विकेट गुमाएको थियो भने वालिङको प्रतिष्पर्धी कालिगण्डकीले १० विकेट गुमाउदा ११६ रन बनाएको हो । वालिङले २२ रन जोड्दै विजयी भएको हो । प्रतियोगितामा जिल्लाकै ११ पालिकाको सहिभागिता रहेको छ भने चार समूहमा विभाजन गरिएको फाउण्डेसनका अध्यक्ष लेखना शर्माले बताउनुभयो ।