अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नेपाल शिक्षक संघ भीरकोट नगरकार्यसमितिको सातौँ प्रतिनिधि सभा

 
रेडियो आँधीखोला
वालिङ, ४ माघ । 
नेपाल शिक्षक संघ भीरकोट नगरकार्यसमितिको सातौँ प्रतिनिधि सभा तथा शिक्षक सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ । सभा तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल शिक्षक संघ केन्द्रिय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मीले पटक पटक शिक्षकहरुको आन्दोलनले शिक्षकहरुको जायज मागहरु पुरा भएको भन्दै पुरा भएका मागहरु अव कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । 
 
कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष पशुपति पौडेल, गण्डकी प्रदेश सदस्य इन्दिरा केसी, जिल्ला सचिव युवराज ढकाल, जिल्ला सहसचिव ऋषि भण्डारी, जिल्ला सदस्य चन्द्रकान्त उपाध्याय, भाग्योदय माविका प्रअ रेशम खनाल, दहथुम माविका प्रअ तोयनाथ कोईराला, प्रदेश प्रतिनिधि सुनिता उच्चै, संघिय प्रतिनिधि शेषकान्त खनाल, नेपाल टे«ड युनियन भीरकोट नगर अध्यक्ष तथा जनप्रिय माविका प्रअ राजेन्द्रकुमार खांणलगायतले बोल्नुभएको थियो । कार्यक्रम शिक्षक संघ भीरकोटका अध्यक्ष चोलाकान्त काफ्लेको सभापतित्वमा सम्पन्न् कार्यक्रममा स्वागत शहिद शुक्र माविका शिक्षक पार्वती अधिकारी र संचालन संघका सचिव कृष्णप्रसाद पौडेलले गर्नुभएको थियो । 
 
कार्यक्रममा विद्या वारिधि प्राप्त गर्ने तोयनाथ कोईराला, भर्खरै सेवा निवृत्त हुनुभएका महेन्द्र ज्योति माविका निर्वतमान प्रअ गोविन्द अर्याल, बाल बर्षा आविका निर्वतमान प्रअ मेघनाथ पौडेल, दहथुम माविका निर्वतमान शिक्षकहरु क्मल भट्राई र कृष्ण रेग्मीलाई सम्मान पत्रले सम्मान गरिएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...