अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

प्रतिनिधिसभा निर्वाचनः स्याङ्जामा एमाले र नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवार तय

news

 
रेडियो आँधीखोला,
वालिङ ४ माघ ।
 स्याङ्जामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवारको टुङ्गो लागेको छ । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले स्याङ्जाका दुबै क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको हो । एमालेबाट स्याङ्जा क्षेत्र नं. १ मा मिन प्रसाद गुरुङ र क्षेत्र नं. २ मा खिमबहादुर थापालाई उम्मेदवार बनाएको हो । गुरुङ गण्डकी प्रदेश सभाका पूर्व सांसद हुनुहुन्छ, सामाजिक संघ संस्थाको विभिन्न जिम्मेवारी समेत सम्हालिसक्नु भएका गुरुङ एमाले स्याङ्जाका पूर्व अध्यक्ष समेत रहनुभएको छ ।
थापा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । उहाँ दोस्रो पटक कालीगण्डकी गाउँपालिकाको अध्यक्षको रुपमा काम गरिरहनुभएको छ । उहाँ २०७४ र २०७९ मा पालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । गाउँपालिका महासंघका महासचिव थापा केही समय अगाडि भएको एमालेको महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचन क्षेत्र १ बाट शैलेन्द्र घिमिरे र क्षेत्र नं. २ बाट पदम विश्वकर्मालाई उम्मेदवार बनाउने केन्द्रिय कमिटिको निर्णय गरेको हो । अर्जुनचौपारी गाउँपालिका ५ का घिमिरे पार्टीका केन्द्रिय सदस्य र जिल्ला इन्चार्ज रहनुभएको छ भने कालीगण्डकी गाउँपालिका ४ का विश्वकर्मा पार्टीका विषेश प्रदेश कमिटि सदस्य र दलित अगुवाको रुपमा रहनुभएको छ । स्याङ्जामा २ लाख ४१ ह्जार ९१० कुल मतदाता रहेका छन् भने महिला १ लाख २३ हजार ६४२, पुरुष १ लाख १८ हजार २६७ र अन्य १ जना रहेका छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...