अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सुनचाँदीको भाउमा फेरि कीर्तिमान : सुन तोलाको २ लाख ८२ हजार पुग्यो

news

 

 माघ ५, सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार रुपैयाँ र चाँदीको भाउ तोलाको ५ हजार ८ सय १० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको २ लाख ७७ हजार ८ सय रुपैयाँ र चाँदीको भाउ तोलाको ५ हजार ६ सय २५ रुपैयाँ थियो । यसअघि पुस ३० गते बुधवार सुनको भाउ तोलाको २ लाख ७८ हजार र चाँदीको भाउ तोलाको ५ हजार ६ सय ५५ रुपैयाँ पुगेर कीर्तिमान बनाएको थियो ।

त्यसयता सामान्य घटबढ हुँदै आएको सुनचाँदीको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको हो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...