समाचार
स्याङ्जामा महिला उम्मेदवार शून्य
वालिङ, ८ माघ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागी प्रत्यक्ष तर्फ स्याङ्जामा महिला उम्मेद्वार शुन्य देखिएको छ । जिल्लामा २८ उम्मेदवारले मनोनयन दर्ता गरेपनि महिला उम्मेद्वर शुन्य देखिएको हो ।
ईवटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा ६ जना स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी पर्दा महिला उम्मेदवार शून्य रहेको हो । निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, मङ्गोल नेसनल अर्गनाइजेसन, प्रगतिशिल लोकतान्त्रिक पार्टी, उज्यालो नेपाल, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, जनता समाजवादी पार्टी, श्रम संस्कृति पार्टीका उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
२०७९ सालको निर्वाचनमा भने स्याङ्जामा तीन जना महिलाको उम्मेदवारी परेको थियो । क्षेत्र नं –१ मा जनता समाजवादी पार्टीबाट तिलकुमारी नेपालीले उम्मेदवारी दिएर १७ मत ल्याउनुभएको थियो । यस्तै क्षेत्र नं –२ बाट नेकपा एमालेबाट पद्माकुमारी अर्याल र राष्ट्रिय जनमुक्तिबाट ऋषिसरा गाहा मगर चुनावी मैदानमा उत्रिनुभएको थियो । अर्यालले २५ हजार ८२३ मत ल्याउँदा गाहाले ३२४ मत ल्याउनुभएको थियो । यस पटकको निर्वाचनमा भने कुनै पनि राजनितिक दलबाट महिला उम्मेद्वार हुन सकेनन् । गण्डकी प्रदेशको तथ्यांक हेर्ने हो भने एमालेबाट २ जना, रास्वपाबाट ३ जना, नेपाली कांगे्रस र नेपाली कम्युनिष्ट पार्टीबाट १÷१ जना महिला उम्मेदवार रहेका छन् ।