अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भीरकोट नगरपालिका वडा नं. ८ मा शिक्षित अभिभावक सुनौलो भविष्य विषयक अभिमुखीकरण

news

 
रेडियो आँधीखोला
वालिङ, ८ माघ । 
भीरकोट नगरपालिका वडा नं. ८ मा शिक्षित अभिभावक सुनौलो भविष्य विषयक अभिमुखीकरण कार्यक्रम भीरकोट ८ मोहनडाँडा स्थित वडा कार्यालय सभाहलमा सम्पन्न भएको छ । नगरपालिका बालमैत्रि साखाको आयोजनामा आयोजित कार्यक्रममा नगरउपप्रमुख भगवती रेग्मी अर्यालले बालबालिकाको शिक्षा, स्वास्थय तथा सर्वाङगीण विकासका लागी अभिभावक सचेत र चनाखो हुनुपर्ने भन्दैै घर नै बालबालिकाको पहिलो पाठशाला भएको बताउनुभयो । अभिभावक नै पहिलो शिक्षक भएकाले एक असल नागरिक निर्माणका लागी अभिभावकको महत्वपुर्ण भुमिका रहने उपप्रमुख अर्यालले बताउनुभयो । 
कार्यक्रममा भीरकोट नगरपालिका वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता दिपेन्द्र केसीले अभिभावक शिक्षा हरेक टोल टोल तथा वडाहरुमा गर्नुपर्ने भन्दै बालमैत्रि भीरकोटलाई दिगोरुपमा अगाडि बढाउनका लागी अभिभावकको महत्वपुर्ण भुमिका रहने बताउनुभयो । कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण लम्सालले बालअधिकार, भोजबहादुर थापाले अभिभावकको भुमिका र न्यायिक सहजकर्ता शान्ती ढुंगानाले न्यायिक विषयमा सहजीकरण गर्नुभएको थियो । 
कार्यक्रममा ठाकुरप्रसाद रेग्मी, खडानन्द अर्याल, वडा सदस्य गिता नेपालीलगायतले बोल्नुभएको थियो । कार्यक्रम वडा अध्यक्ष नन्दलाल खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मनबहादुर एसके र संचालन विष्णुमाया काफ्लेले गर्नुभएको थियो । कार्यक्रममा ६१ जना अभिभावकहरुको सहभागिता रहेको थियो । यसै साताभित्र जामुनोडाँडामा समेत यो कार्यक्रम गरिने वडा अध्यक्ष खनालले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...