अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

वालिङ महोत्सवको नवौँ संस्करण विगत भन्दा फरक र पृथक

news

 
रेडियो आँधीखोला,
वालिङ ८ माघ ।
नवौँ वालिङ महोत्सवको मिति नजिकिँदै गर्दा तयारी पक्षलाई तिव्र पारिएको छ । वालिङ महोत्सवको मिति आउँन ६ दिन बाँकी रहँदा ८० प्रतिशत तयारी पुरा भएको आयोजक वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक चेतनारायण श्रेष्ठले बताउनुभयो । विगतका संस्करण भन्दा ९औँ संस्करणमा दर्शकहरुलाई पृथक र नयाँपन दिने प्रयास गरिएको संयोजक श्रेष्ठले बताउनुभयो । 
संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक श्रेष्ठले भन्नुभयो, “नवौँ संस्करणमा हामीले नयाँपन दिने प्रयास गरेका छौँ । यस पटकको महोत्सवमा परम्परागत घुमाउरो घर निर्माणाधिन अवस्थामा छ भने जलपरीको दृश्य प्रत्यक्ष रुपमा दर्शकले अवलोकन गर्न सक्नुहुनेछ भने कृषिलाई विषेश प्राथामिकता दिएका छौँ ।” युवाहरुको विषेश आर्कषणको रुपमा रहेको भलिबल प्रतियोगितालाई पनि महोत्सवमा समावेश गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 
महोत्सवको सहसंयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगानातिवारीका आमाहरुको प्रतिभा प्रष्फुटन गर्ने प्लेटफर्म वालिङ महोत्सवले प्रदान गर्नेछ । तिवारीले भन्नुभयो, “वालिङको पहिचानसंग जोडिएको वालिङ महोत्सवमा बालबालिका, विद्यार्थीदेखि आमाहरुले आफ्ना प्रतिभा प्रष्फुटन गर्ने साझा मञ्च हो ।” वितगका महोत्सवहरुमा भन्दा फरकपना महोत्सवमा महशुस गर्न पाउने तिवारीले बताउनुभयो । 
‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मुलनारासहित माघ १४ गतेदेखि सुरु हुने महोत्सवको तिव्र रुपमा तयारीलाई अगाडि बढाईएको छ । महोत्सव स्थलमा स्टल निर्माण गर्ने, झाँकी ¥यालीका लागी विभिन्न आमा समूह, महिला समूह, विद्यालय, क्लब, टोल विकास संस्था, जातिय संघसंगठनहरुसंग समन्वय गर्ने कार्य गरिएको वरिष्ठ उपाध्यक्ष तथा सहसंयोजक तिवारीले बताउनुभयो । ४०० स्टलहरु रहने महोत्सवमा विहिबारसम्म ७० प्रतिशत स्टल बुकिङ भएको स्टल बुकिङ उपसमिति संयोजक केशव पराजुलीले बताउनुभयो । 
महोत्सवमा ६० वटा कृषकका स्टलहरु रहनेछन् । स्थानीय कृषकहरुलाई निशुल्क स्टल उपलब्ध गराईने संयोजक पराजुलीले बताउनुभयो । गोल घर निर्माण उपसमितिका संयोजक समेत रहनुभएका पराजुलीले भन्नुभयो, “बाहिरबाट ल्याईएका कृषि उपजको व्यापार गर्छु भन्नेका लागी हामीले केहि शुल्क लिनेछौँ तर यहाँकै कृषकहरुले आफ्ना उत्पादनको प्रर्दशनी तथा विक्रि गर्छु भन्नेका लागी निशुल्क नै उपलब्ध गराउँछौँ ।” उत्कृष्ठ कृषि उपजहरुका लागी पुरस्कारको पनि व्यवस्था गरिएको छ । उद्योग वाणिज्य संघले विभिन्न समयमा संचालन गरेका सिपमुलक तालिमहरुबाट उद्यमी हुनुभएका उद्यमीहरुको उद्यम प्रर्दशनलाई पनि विषेश रुपमा लिईएको छ ।  
खर्च अनुगमन उपसमितिका संयोजक समेत रहनुभएका पराजुलीले यहाँका व्यापारी व्यवसायीहरुलाई होटल, कपडालगायतका अन्य स्टल राख्न चाहानेका लागी ३० प्रतिशत छुट दिईनेछ ।  
कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक स्टलहरु रहने महोत्सवबाट एक करोड ६८ लाख आम्दानी हुने र एक करोड १४ लाख ५१ हजार खर्च भई करिव ५३ लाख ४९ हजार वचत गर्ने लक्ष्य आयोजकको छ । १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र १० करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सवको संरक्षक संस्थाको रुपमा वालिङ नगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ रहेका छन् भने प्रवद्र्धककोरुपमा नेपाल पर्यटन बोर्ड रहको छ ।
महोत्सवमा औद्योगिक व्यापार मेला, सांस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रदर्शनी, स्याङ्जा डान्स आईडल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, आमा नृत्य प्रतियोगिता, टिकटक प्रतियोगिता, ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति, कृषि मेला तथा पशुपंक्षी प्रदर्शनी, सुन्तला प्रदर्शनी, ताजा तरकारी प्रदर्शनी, अर्गानिक कफि प्रदर्शनी, बाल उद्यान, हस्तकलाका सामग्रीहरु आकर्षणकारुपमा रहने छन् । महोत्सवमा विद्यार्थीका लागि ७० र अन्यका लागि एकसय रुपैयाँ टिकट दर निर्धारण गरिएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...