समाचार
जन्मदिनको अवसरमा विद्यार्थीलाई भागवत गिता वितरण
रेडियो आँधीखोला
वालिङ, ९ माघ ।
पायोनियर माध्यमिक विद्यालय वालिङमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरूलाई श्रीमद्भगवद् गीता वितरण गरिएको छ । अशोक गैह्रेले आफ्ना जन्मोत्सवका अवसरमा पायोनियर माविमा अध्यनरत कक्षा १० का विद्यार्थीहरुलाई १०० थान गिता गर्दै आफ्नो जन्मदिन मनाउनुभएको हो ।
केक काटेर रमाईलो गर्नुभन्दा भागवत गिता वितरण गरेर मनाउँदा विद्यार्थीले ज्ञान प्राप्त गर्ने गैह्रले बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मेगराज गैह्रेले गीता को महत्व, यसको ज्ञान तथा जीवन उपयोगिताका बारेमा जानकारी दिनुभयो।
साथै गीताले मानिसलाई सही मार्गमा हिँड्न र नैतिक जीवन जिउन सहयोग गर्ने बताउनुभयो । त्यसैगरी विद्यालयका उपप्रधानाध्यापक केशव राज भट्टराईले गीताले जीवन जिउने कला सिकाउने उल्लेख गर्दै यसरी जन्मदिन मनाइएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले यस्तो कार्यले विद्यार्थीहरूमा नैतिकताको विकास हुनुका साथै समाजमा सकारात्मक सोच फैलिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विश्व हिन्दु युवा संघ स्याङ्जा जिल्लाका अध्यक्ष नवराज पौडेलले मानिसले कहिल्यै पनि आफ्नो धर्म, संस्कृति र धरातल बिर्सन नहुने कुरामा जोड दिनुभयो। कार्यक्रम विश्व हिन्दु युवा संघ, स्याङ्जा जिल्लाको समन्वयमा सम्पन्न भएको हो ।