अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

१३औँ राष्ट्रिय पुस्तक दिवसको अवसरमा विद्यार्थीलाई स्टेशनरी वितरण

news

 
रेडियो आँधीखोला,
वालिङ ९ माघ ।
१३औँ राष्ट्रिय पुस्तक दिवसको अवसरमा विद्यार्थीलाई स्टेशनरी वितरण गरिएको छ । पुस्तक तथा स्टेशनरी महासंघ स्याङ्जाले वालिङ २ मा रहेको बाँसपानी आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागी पुस्तक दिवसका अवसरमा स्टेशनरी वितरण गरिएको हो । 
कार्यक्रमा वडा नं. २ का अध्यक्ष पोतप्रसाद लम्सालले स्टेशनरी वितरण कार्यक्रमले विद्यार्थीहरुलाई अध्ययनमा लाग्न प्रेरित गर्ने बताउनुभयो । पुस्तक तथा स्टेशनरी महासंघको यो कार्य निकै सराहनीय रहेको भन्दै विद्यालयमा समय समयमा हुने यस्ता गतिविधिले विद्यार्थी तथा अभिभावकहरुलाई सामुदायिक विद्यालयप्रति आर्कषित गर्ने बताउनुभयो । 
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष मैना कोईराला, पुस्तक तथा स्टेशनरी महासंघका केन्द्रिय सदस्य किसान श्रेष्ठ, महासंघका प्रदेश सदस्य चुरामणि लुँईटेल, महासंघका पुर्व प्रदेश सदस्य चक्रबन्धु रेग्मी, महासंघ स्याङ्जाका निर्वतमान अध्यक्ष छाँया लुईटेल, प्रथम उपाध्यक्ष चिरञ्जीवी रेग्मी, द्धितिय उपाध्यक्ष सुर्दशन रेग्मी, विद्यालयका प्रअ वसन्ती भट्राई, पुर्व प्रअ घनश्याम अधिकारीलगायतले बोल्नुभएको थियो । 
कार्यक्रम पुस्तक तथा स्टेशनरी महासंघ स्याङ्जाका अध्यक्षता धु्रव खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन मीना पाण्डे गैह्रले गर्नुभएको थियो । विद्यालयमा अध्ययनरत ९३ जना विद्यार्थीहरुलाई १ लाख बराबरको स्टेशनरी सामाग्री वितरण गरिएको महासंघले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...