समाचार
वालिङ जेसिजको पदस्थापन
रेडियो आँधीखोला
वालिङ, ११ माघ ।
वालिङ जेसिजको २२औँ पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । सन २०२५ का अध्यक्ष सन्दिप कंडेलले सन २०२६ का अध्यक्ष विदुर कोईरालालाई पद हस्तान्तरण गर्नुभएको छ । पदस्थापन कार्यक्रममा गण्डकी प्रदेश सांसद तथा अर्थ विकास समितिका सभापति भोजराज अर्यालले जेसिज युवाहरुको नेतृत्व तथा क्षमता विकास गर्ने संस्था भएको भन्दै युवाहरुलाई नेतृत्ववान बनाउँदै समाज रुपन्तरणमा पनि जेसिजको भुमिका महत्वपुर्ण देखिएको बताउनुभयो । कार्यक्रममा जेसिजका राष्ट्रिय उपाध्यक्ष खगेन्द्र भण्डारी, पोखरा जेसिजका अध्यक्ष सुमन पहारी, वालिङ जेसिजका पुर्व अध्यक्ष शान्ता थापा कार्यक्रम संयोजक सूर्यप्रसाद रेग्मीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम जेसिज सन २०२६ का अध्यक्ष विदुर कोईरालाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सन २०२४ का अध्यक्ष यज्ञपुरुष रिजाल र संचालन महासचिव एकनारायण कोईरालाले गर्नुभएको थियो ।
वालिङ जेसिज सन २०२६ का अध्यक्ष कोईरालासंगै महासचिव एकनारायण कोईराला, कोषाध्यक्ष राजन पंगेनी, कार्यकारिणि उपाध्यक्षहरु सन्तोष रेग्मी, विष्णु पंगेनी, उपाध्यक्ष पूजा कोईराला, विक्रम काफ्ले र सरोज अधिकारी, यादव पौडेल रहनुभएको छ ।