समाचार
अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न ट्याक्टर प्रहरी नियन्त्रणमा
रेडियो आँधीखोला
वालिङ, १२ माघ ।
अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी फेँदिखोलाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थ राजमार्गबाट ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। पुतलीबजार नगरपालिका वडा नं. १ र फेँदिखोला २ बाट ३ वटा ट्याक्टर नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
प्रहरीले पुतलीबजार १ को विष्णुपँधेरा स्थित सिद्धार्थ राजमार्गमा ढुंगा ओसारपासारमा संलग्न २ ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी नगरपालिकामा पठाईएको प्रहरीले जनाएको छ । त्यस्तै फेँदिखोला गाउँपालिकामा २ स्थित सिद्धार्थ राजमार्गबाट चिलाउने र आँपका काठ लिएर जाँदै गरेको ट्याक्टरलाई नियन्त्रणमा लिईएर डिभिजन वन कार्यालय आँधीखोलामा कारबाहीको लागी पठाईएको छ ।