समाचार
घुमन्ते तथा पोके व्यापारीहरु अनिवार्य रुपमा नगरपालिकामा सुचिकृत हुनुपर्ने
रेडियो आँधीखोला
वालिङ, १२ माघ ।
वालिङ नगरपालिकाले घुमन्ते तथा पोके व्यापारीहरुलाई नगरपालिकामा सुचिकृत हुन आग्रह गरेको छ । नगरपालिका क्षेत्रभित्र संचालन भईरहेका घुमन्ते तथा पोके व्यवसायीहरु हालसम्म सूचिकृत नभएको हुँदा तुरुन्त नगरपालिकामा सुचिकृत हुन नगरपालिकाले आग्रह गरेको हो । आईतबारदेखि १५ दिन भित्र नगरपालिकाको कार्यालयमा सूचिकृत हुन नगरपालिकाले आग्रह गरेको हो ।
व्यवसायीहरुको प्रकृतिको आधारमा तोकिएको कर कायम रहेको नगरपालिकाले जनाएको छ । तोकिएको समयभित्र सूचिकृत नभएमा प्रचलित कानुन अनुसार आवश्यक कारबाही हुने नगरपालिकाले चेतावनी दिएको छ । सूचिकृत हुनका लागी पोके तथा घुमन्ते व्यापारीहरुले आफ्नो नागरिकताको प्रतिलिपि, व्यवसाय संचालन गर्ने स्थान तथा क्षेत्रको विवरण, व्यवसायको प्रकार खुल्ने विवरण, हालसालै खिचेको फोटो र आवश्यक कर बुझाएको रसिद हुनुपर्ने भनिएको छ ।