समाचार
वैंकको सुरक्षा गार्डलाई चक्कु प्रहार गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा
रेडियो आँधीखोला
वालिङ, १५ माघ ।
प्रहरीले वैंकको सुरक्षा गार्डलाई चक्कु प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । स्याङ्जको विरुवा गाउँपालिका वडा नम्बर–०१ स्थित रहेको गरिमा विकास बैक लिमिटेडको सुरक्षा गार्डलाई चक्कु प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
पक्राउ पर्नेमा विरूवा गाउँपालिका वडा नम्वर–०१ का ३०वर्षीय महेन्द्रनारायण श्रेष्ठ रहनुभएको छ । श्रेष्ठलाई ज्यान मार्ने उद्योग कसूरमा स्याङ्जा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।