अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङ पोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीको पाचौँ साधारण सभा एवं दोस्रो अधिवेसन सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, १६ माघ ।
वालिङ पोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था वालिङको पाचौँ साधारण सभा एवं दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले पुनः ल्या. यामबहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्ष नत्रेप्रसाद सुवेदी, सचिवमा भुपराज बगाले, कोषाध्यक्ष इन्दिरा गैह्रे अधिकारी रहनुभएको छ भने अन्य सदस्यहरु रहेका छन् । सहकारीको साधारण सभा तथा अधिवेसनको उद्दघाटन गर्दै वालिङ नगरपालिका निर्वतमान नगरप्रमुख तथा गरिमा विकास बैंकका अध्यक्ष दिलिप्रताप खांणले सहकारी सामुहिक भावका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । 
अध्यक्ष खांणले सहकारीले अन्य सहकारीसंग पनि सहकार्य गर्दै उत्पादन गरेका उपजको बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो । विषेश गरी हाटबजारको शुरुवात गर्दै कृषकहरुलाई उत्पादनमा जोड दिँदै आएको सहकारीले आगामी दिनमा पनि रचनात्मक कार्य गर्न खांणको सुझाव छ । कार्यक्रममा समाजसेवी टिकाराम रेग्मी, गणनिधि काफेले, लेखा संयोजक नेत्रप्रसाद पराजुलीलगायतले बोल्नुभएको थियो । कार्यक्रम अध्यक्ष ल्या.यामहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत कोषाध्यक्ष इन्दिरा गैह्रे अधिकारी, संचालन सचिव भुपराज बगाले र धन्यवाद उपाध्यक्ष नेत्रप्रसाद सुवेदीले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...