समाचार
नेपाल मगर संघ स्याङ्जाको अध्यक्षमा दर्लामी
रेडियो आँधीखोला,
वालिङ १९ माघ ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति स्याङ्जाको अध्यक्षमा उमेश दर्लामी सर्वसम्मत निर्वाचित हुनुभएको छ । मगर संघको १०औँ अधिवेसनले दर्लामीको नेतृत्वमा आगामी ३ वर्षका लागी नयाँ समिति निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षहरुमा डोलबहादुर थापा, सिता थापा र दुर्गाबहादुर श्रीस, सचिवमा धनबहादुर थापा, सहसचिवहरुमा खिमबहादुर राना, गिताकुमारी राना र सुमित्रा रेश्मी, कोषाध्यक्षमा चन्द्रबहादुर रखली रहनुभएको छ । त्यस्तै सदस्यहरुमा सन्तबहादुर आले, शोभा रानाआले, दुर्गाबहादुर राना, बुद्धबहादुर आले, चेतबहादुर विरकट्टा, चोपबहादुर राना, गिरीप्रसाद दर्लामी, टोम थापा, चन्द्रकला राना, यौबहादुर राना, धनबहादुर राना, मनबहादुर थापा र मनकुमारी थापा रहनुभएको छ ।
अधिवेसनको उद्दघाटन गर्दै नेपाल मगर संघ केन्द्रिय सह अध्यक्ष गंगा खासु मगरले नेपाल मगर संघ एकतावद्ध हुँदै मगरजातिको हकअधिकार, संस्कार र संस्कृति जर्गेणामा प्रतिवद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय समिति उपमहासचिव खगेन्द्र पुन, नेपाल मगर संघ केन्द्रिय सचिव लोकेन्द्र तरामु, नेपाल मगर संघ केन्द्रिय समिति पुर्व अध्यक्ष महेन्द्र थापा, नेपाल मगर संघ केन्द्रिय सदस्य तथा जिल्ला इन्र्चाज खगिसरा थापा, केन्द्रिय सदस्यद्धोय लक्ष्मी राना र हेमन्त थापा, नेपाल मगर संघ गण्डकी प्रदेश सदस्य सगुन रानालगायतले मगर संघलाई विसुद्ध जातिय संगठनको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।