अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

माघ २१ गते कन्दरा व्याण्डको लाईभ कन्र्सट, वालिङमै जन्मिएका लिड भोकलिष्ट विवेक यस्तो भन्नुहुन्छ

news

 
 
रेडियो आँधीखोला,
वालिङ १९ माघ ।
नवौँ संस्करणको वालिङ महोत्सवमा यही माघ २१ गते कन्दरा व्याण्डको लाईभ कन्र्सट हुने भएको छ । यसअघि माघ १६ गते रक हेड व्याण्ड र १९ गते आज डि मर्चा व्याण्ड लाईभ कन्र्सट हुँदै छ । लाई कन्र्सटमा युवाहरुको निकै आर्कषण देखिन्छ ।  युवाहरुको चाहानालाई मध्यनजर गर्दै महोत्सवमा लाईभ कन्र्सटको व्यवस्था गरिएको आयोजक वालिङ उद्योग वाणिज्य संघका सचिव तथा कलाकार व्यवस्थापन उपसमितिका संयोजक पिताम्बर खनाल शुसिलले बताउनुभयो । लोकपप विधाको कन्दरा व्याण्डको स्थापना सन १९९४ मा पोखरामा हो । 
व्याण्डका संस्थापक तथा लिड भोकलिस्ट विवेक श्रेष्ठ स्याङ्जाको वालिङ मै जन्मिनुभएको हो । उहाले आफ्नो सामाजिक सञ्जाल मार्फत ‘आँधीखोलाको किनार, स्वरेक, गरौसुर र बाहुनस्थानको काखमा अडिएको वालिङ्गमा आफ्नो मेरो बाल्यकालका स्वर्णिम दिनहरू बितेको स्मरण गर्नुभएको छ ।  “पहिला घरदेश, अनि परदेश” भन्ने भावना लिएर श्रेष्ठ आफ्नो समुह कन्दरा मार्फत पहिलो पटक वालिङमा लाईभ कन्र्सटका लागी आउदै हुनुहुन्छ । 
कन्दरा व्याण्डमा शुसिल थापा ड्रमर, अभिनाष गायक मादलिस्ट, पंकज झा बासीस्ट, सन्देश मुजो गिटारिस्ट, निल घतानी किबोडिस्ट, सिमोन ताझ्या साउण्ड इन्जिनियर र विषेश प्राविधिकमा नविन थापा रहेका छन् । तगारोमा रुमाल राखि, हङकङ पोखरा, लेक की हे माया, तिमि पारी त्यो गाउँमालगायतका दर्जन सदाबहार गितहरु रहेका छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...