अहिले तरंगमा

केहि छिनमा

समाचार

महोत्सवमा गुञ्जियो यहाँका दुई दर्जन श्रष्टाहरुको रचना

 
रेडियो आँधीखोला
वालिङ, २४ माघ । 
वालिङ महोत्सवमा यहाँका श्रष्टाहरुले आफ्ना कविताहरु प्रस्तुत गरेका छन् । वालिङ् उद्योग वाणिज्य संघको आयोजनामा नवौँ संस्करणको महोत्सवको नवौँ दिन विहिबार केहिबेरका लागी मञ्च साहित्यीक मञ्च बन्यो । साहित्यिक उत्सव, साहित्यिक अभियानमा स्याङ्जाली नारी र भेषजराज साहित्य प्रतिष्ठान वालिङ् स्याङ्जाको संयुक्त संयोजनमा वालिङ् महोत्सवमा यहाँका दर्जन बढी श्रष्टाहरुले आफ्ना रचना वाचन गर्ने मौका प्राप्त गरे । 
कार्यक्रममा जेष्ठ नागरिक एवम् अग्रज साहित्यकार निलकण्ठ लम्सालले वालिङ महोत्सव फरक फरक स्वादका संगम भएको भन्दै साहित्यको जर्गेणा गर्न यस्ता मेला महोत्सवमा अवसर पाउनु निकै सकरात्मक पक्ष भएको बताउनुभयो। महोत्सव एउटा मनोरञ्जन लिने उत्सवसंगै लुकेका प्रतिभा प्रष्फुटन गर्ने मौका बनेको भन्दै स्थानीय कला, साहित्यको संर्वद्धनका लागी सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
श्रष्टाहरुले समसामयिक परिस्थिति, राजनितिप्रतिको व्याङ्ग्यात्मक रचनाहरु वाचन गरेका थिए । श्रष्टा लेखनाथ काफ्लेले आफ्नो रचनाबाट नै कुनै पार्टीको सदस्यता नबन्ने घोषणा समेत गर्नुभयोे । वास्तबमा असल नेतालाई सघाउन पर्ने रहेछ पार्टीको सदस्य बने उनकै भजन गाउन पर्नेरहेछ भन्दै राजनितिक परिपे्रक्षको रचना वाचन गर्नुभएको थियोे भने श्रष्टा भोजकुमारी पाण्डेले हे वुद्ध आउ अब भन्ने रचना आफ्नो पद्य शैलिमा प्रस्तुत गर्नुभएको थियो । सांस्कृतिक कार्यक्रम  संयोजक तथा महोत्सव आयोजक संघका उपाध्यक्ष खगेन्द्र प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यिक अभियानमा स्याङ्जाली नारीकी सचिव लक्ष्मी काफ्लेले स्वागत मन्तव्य र भेषजराज साहित्य प्रतिष्ठानका सचिव श्याम ढुङ्गानाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा दुई दर्जन बढी स्रष्टाले आफ्नो उत्कृष्ट रचना वाचन गरेका थिए । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...