अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अद्यावधिक गर्न बाँकी रहेका सहकारीहरुलाई माघ मसान्तभित्र गर्न अनुरोध

news

 
रेडियो आँधीखोला
वालिङ, २४ माघ । 
वालिङ नगरपालिकाले अद्यावधिक गर्न बाँकी रहेका सहकारीहरुलाई माघ मसान्तभित्र अद्यावधिक गर्न अनुरोध गरेको  छ। नगरपालिकाको क्षत्राधिकार भित्र रहेका १०१ वटा सहकारी मध्ये १७ वटा सहकारीले माघ १५ गतेभित्र अद्यावधिक गरेका छन् । सहकारी संस्थताहरुले पुस मसान्तभित्र आफ्नो संस्थाको सधारण सभा गरी माघ १५ गतेभित्र विवरण अद्यावधिक गराईसक्नुपर्ने थियो । 
तर नगरपालिका क्षेत्राधिकार भित्र रहेका १०१ मध्ये मात्रै १७ वटा सहकारीले आफ्नो विवरण अद्यावधिक गरेकाले यही माघ मसान्तभित्र आफ्नो संस्थाको अद्यावधिक गर्न अनुरोध गरेको हो । बाँकी संस्थाहरुलाई यहि माघ मसान्तभित्र वार्शिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, साधारण सभाको निर्णयको प्रतिलिपिहरु नगरपालिकाको सहकारी साखाभित्र बुझाउन नगरपालिको आग्रह गरेको हो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...