अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

कुटपिटमा संलग्न ५ जना पक्राउ

news

 
रेडियो आँधीखोला
वालिङ, २५ माघ । 
कुटपिट घटनामा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  स्याङ्जाको पुतलीबजार १० सुम्रेखोला स्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा कार्यपलिका सदस्य संजिता नेपाल अर्याल दम्पती सवार स्कुटर रोकी कुटपिट गर्ने ५ जना युवाकहरु पक्राउ परेका हुन् । पुतलीबजार ११ का ४० वर्षीय पृथ्वीराज अर्याल र उहाँकी श्रीमति ४० वर्षिया संजिता नेपाल अर्याल सवार ग.२४ प. ५१०१ नम्बरको स्कूटर रोकेर कुटपिट गरी घाईते बनाएका ५ जना पक्राउ परेका हुन् । संजिता नेपाल अर्याल पुतलीबजार नगरकार्यपालिका सदस्य समेत रहनुभएको  छ। कुटपिट गरी फरार भएको भन्ने प्राप्त सूचनाको आधारमा प्रहरीले शनिबार ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको  छ । 
पक्राउ पर्नेहरुमा पुतलीबजार १० सुम्रेखोला ओडारे का २८ वर्षीय हाकु काले भन्ने विनोद बहादुर अर्याल, ३० वर्षीय प्रविन राना, २५ वर्षीय रोहित गुरुङ, २७ वर्षीय अनुप राना र २३ वर्षीय महेश भन्ने चेतनाथ अधिकारी रहेका छन् । साथै प्रहरीले ग. ५ प. १९१ र ग. १० प. ४७१३ नं.को मोटरसाईकल मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ । 
त्यस्तै लागूऔषध सेवन गरेका ५ जनालाई पनि प्रहरीले नियन्त्तणमा लिएको छ । पुतलीबजार १ नारायणथानमा डेरा गरी बस्ने सुर्खेतका ५ जना युवकहरु पक्राउ परेका हुन् । डेरा नजिकैको सडक छेउमा लागू पदार्थ सेवन गरी बसेको अवस्थामा प्रहरीले भेटेपछि डेरामा खानतलासी गर्दा ११५ ग्राम गाँजा जस्तो देखिने वस्तु प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सुर्खेतका स्थायी ठेगाना भएका २४ वर्षीय निशान राना, २६ वर्षीय पुर्णबहादुर छन्त्याल, २७ वर्षीय श्यामकुमार छन्त्याल, ३७ वर्षीय टंकबहादुर पाण्डे र २६ वर्षीय विक्रम पल्लीमगर पक्राउ पर्नुभएको हो । उहाँहरुलाई ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य जारी रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...