अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

वालिङ महोत्सव आज सकिदै

news

 
रेडियो आँधीखोला
वालिङ, २५ माघ । 
स्याङ्जाको वालिङ खेलमैदानमा जारी नवौं वालिङ महोत्सव आज सकिदैछ । हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान भन्ने नाराका साथ वालिङ उद्योग वाणिज्य संघको आयोजनामा माघ १४ गतेबाट सुरु भएको महोत्सव आज समापन हुनेछ । 
 
महोत्सवमा हरेक दिन विद्यालयस्तरीय नृत्य, भजन गित र रत्यौली गित प्रतियोगिता संचालन भईरहेका छन् भने ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुले दिनहुँ आफ्नो प्रस्तुति राख्दै आएका छन् । शनिबार दर्शकको निकै भीड लागेको छ । महोत्सव सकिने समय सकिन लाग्दा महोत्सवको एघाराँै दिन शनिबार किनमेलका लागी दर्शकको निकै भीड देखिएको हो । शनिबार चर्चित लोकदोहोरी गायकहरु राम्जी खांण, शिव हमाल, राजु गुरुङको विषेश प्रस्तुति रहेको थियो भने पप आधुनिक विधामा एन्जिला रेग्मीको प्रस्तुति रहेको थियो । त्यस्तै आज आईतबार समापनको दिन विषेश गरी प्रमोद खरेल र परम्परा व्याण्डको लाईभ प्रस्तुति रहनेछ भने रुपक डोटेलको समेत प्रस्तुति रहनेछ । यसपटकको महोत्सवमा जलपरीको दृष्य अवलोकनसंगै गोल घरमा दर्शक निकै आर्कषित भएका छन् । 
 
महोत्सवबाट एक करोड ६८ लाख आम्दानी हुने र एक करोड १४ लाख ५१ हजार खर्च भई करिव ५३ लाख ४९ हजार वचत गर्ने लक्ष्य आयोजकको छ । १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र १० करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सवको संरक्षक संस्थाको रुपमा वालिङ नगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ रहेका छन् भने प्रवद्र्धककोरुपमा नेपाल पर्यटन बोर्ड रहको छ ।
महोत्सवमा औद्योगिक व्यापार मेला, सांस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रदर्शनी, स्याङ्जा डान्स आईडल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौली प्रतियोगिता, कृषि मेला तथा पशुपंक्षी प्रदर्शनी, सुन्तला तथा ताजा तरकारी प्रदर्शनी एवं विक्रि,  रैथाने बिउ प्रर्दशनी तथा विक्रि, बाल उद्यान, हस्तकलाका सामग्रीहरु आकर्षणकारुपमा रहेका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...