समाचार
टापुभञ्याङ राष्ट्रिय माध्यमिक विद्यालय वालिङ ११ को ६३औँ वार्षिकोत्सव सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २६ माघ ।
टापुभञ्याङ राष्ट्रिय माध्यमिक विद्यालय वालिङ ११ को ६३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आईतबार सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्दघाटन गर्दै वालिङ नगरपालिका शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्लेले सामुदायिक विद्यालयमा शैक्षिक तथा भौतिक गुणस्तर विकासका लागी नगरपालिका योजनाबद्ध ढंगले अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा भीरकोट नगरपालिका निर्वतमान नगरप्रमुख तथा विद्यालयका पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष छायाराम खनाल, वालिङ ११ का अध्यक्ष डण्डपानी पंगेनी, भीरकोट नगरपालिका ५ का पुर्व वडा अध्यक्ष यामप्रसाद अधिकारी, कार्यपालिका सदस्य हरिलाल विक,समाजसेवी यामलाल शर्मा, बालशिक्षा निकेतन आविका अध्यक्ष विमल अर्याल, कालिका आविका प्रअ सुनिता उच्चै, विद्यालयका पुर्व अध्यक्षहरु हुमबहादुर पराजुली र तुल्सीराम पंगेनी, समाजसेवी नरेन्द्रप्रसाद पराजुलीगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक स्व. चिन्तामणि कुँवरका धर्मपत्नी शोभा कुँवरलाई सम्मान गरिएको थियो भने विद्यालय स्थापना कालको दोस्रो प्रअको रुपमा कार्यरत स्वं गुरुप्रसाद अर्यालका श्रीमती लिलावति अर्याललाई सम्मान गरिएको थियो ।
त्यस्तै रेश्मीलाल धनमाया स्मृति अक्षयकोषबाट विद्यालयमा उत्कृष्ट हुने ४ जना छात्रछात्रालाई पुरस्कृत गरिएको थियो । त्यस्तै भेषकुमारी पाण्डे स्मृति अक्षयकोषबाट ४ जना जेहेन्दार छात्रछात्रालाई पुरस्कृत गरिएको थियो भने डाँसीराम कोईरालाको स्मृतिमा उहाँका छोरा गुरुप्रसाद कोईरालद्धारा प्रदान गरिएको १० हजार रकमको शैक्षिक सामाग्री ५ जना विपन्न विद्यार्थीलाई वितरण गरिएको थियो ।
त्यसैगरी लिलबल्लौ रन्नता स्मृति अक्षयकोषबाट विद्यालयका पुर्व अध्यक्ष तथा पुर्व प्रअहरुलाई स्म्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रअ इन्द्रप्रसाद पराजुलीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमल पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत शिक्षक पुण्यप्रसाद खनाल र संचालन सहायक प्रअ राजकुमार विकले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो । विद्यालयले स्थापनाकालदेखि विभिन्न कालखण्डमा विद्यालयलाई यहाँसम्म ल्याईपु¥याउने पुर्व अध्यक्षहरु, पुर्व प्रअहरु, पुर्व शिक्षकहरुलाई सम्मान गर्ने परिपाटीको विकास गरेको छ ।